धनगढी - सुदूरपश्चिम प्रदेश सरकारमा राजनीतिक नियुक्ति विवादका कारण कांग्रेस–एमालेबीच खटपट देखिएको छ। विवादपछि बिहीबारको मन्त्रिपरिषद् बैठकमा एमालेका मन्त्रीहरू अनुपस्थित रहे । मुख्यमन्त्री कमलबहादुर शाहले एमाले बिना नै बैठक बसेर कांग्रेसको भागमा परेका अस्पताल व्यवस्थापन समितिमा नियुक्ति गर्ने निर्णय गरेका छन्। एमालेले भने भागबण्डा उल्लंघन भएको भन्दै असन्तुष्टि जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्