Skip to content

अर्थतन्त्रलाई तहसनहस बनाएकाे भन्दै ट्रम्प विरुद्ध अमेरिकामा एकै दिन २१ सय शहरमा विरोध प्रदर्शन

शनिबार एकैसाथ अमेरिकाका ५० वटा राज्यका २१ सय सहरमा ट्रम्प प्रशासनविरुद्ध व्यापक प्रदर्शन भएको छ । प्रदर्शनमा ४० देखि ६० लाख मानिसहरु सहभागि रहेको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । यो विरोध प्रदर्शनलाई एक दिनमा सरकार विरुद्ध सबैभन्दा धेरै शहरमा भएको अहिलेसम्मकै सबैभन्दा शसक्त विरोध प्रदर्शनको रुपमा लिइएको छ ।

विरोध र्यालीमा सहभागिहरुले इरानको युद्ध, संघीय आप्रवासन कार्य र बढ्दो मुद्रास्फीतिको विरोध गरेका छन् । प्रदर्शनकारीहरुले ट्रम्पले तानाशाही शासन शुरु गर्न खोजेको तर अमेरिकी जनताले त्यो सफल हुन नदिने दावी गरे । उनीहरुको भनाई थियो- ‘यहाँको शक्ति जनताको हो, कुनै नक्कली राजा वा उनका अर्बपति मित्रको होइन ।’ प्रदर्शनकारीहरुले अमेरिकाले इजरायलको उक्साहटमा इरानलगायतका देशहरुमा अनावश्यक युद्ध थोपरेको, अमेरिकी अर्थतन्त्रलाई तहसनहस बनाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्