काठमाडौं – सम्पत्ति शुद्धिकरण कसूर सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज बिहान पक्राउ परेका कांग्रेस नेता खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । उनको बयान आजदेखि सुरु गरिएको तर उनीविरुद्धका प्रमाणहरू संकलन गर्ने तथा थप बयान लिने लगायत अनुसन्धानसम्बन्धी काम अझै बाँकी रहेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिरासतमा राख्न अनुमति माग गरेको थियो । सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७(४) बमोजिम खड्कालाई आजदेखि लागू हुने गरी ७ दिनको म्याद थप गरिएको हो।





प्रतिक्रिया दिनुहोस्