Skip to content

अपिहिमालमा भोलिबाट ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

दार्चुला – अपिहिमाल गाउँपालिकामा भोलिबाट तीन दिनसम्म सञ्चालन हुने बृहत् निःशुल्क स्वास्थ्य शिविरका लागि काठमाडौँस्थित “एक एक पाइला फाउन्डेसन”का विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली गाउँपालिकामा पुगेको छ । फाउन्डेसनका अध्यक्ष डा. सुमनसहितको टोलीलाई नौपाटा होमस्टेमा आयोजित औपचारिक कार्यक्रममार्फत स्वागत गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा विभिन्न प्रकारका रोगहरूको चेकजाँच तथा उपचार गरिनेछ । नेपालका प्रतिष्ठित अस्पतालहरूमा कार्यरत विशेषज्ञ डाक्टरहरूबाट सेवा प्रदान गरिने भएकाले स्थानीय बासिन्दासहित छिमेकी पालिकाका नागरिकहरूलाई समेत यो अवसरको अधिकतम लाभ लिन आग्रह गरिएको छ । अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे बोहराले शिविरबाट दुर्गम क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्दै सबैलाई सहभागिताका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्