सोलुदुधकुण्ड — सोलुदुधकुण्ड नगरपालिकाले स्थानीय शासनलाई अझ प्रभावकारी, छिटो र जनउत्तरदायी बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णय गरेको छ । नगरपालिकाले वडामै योजना सम्झौता तथा योजना कार्यान्वयन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको अवस्थामा अब योजना फरफारकसमेत वडा तहबाटै गर्ने निर्णय गरेको हो। सबै वडामा सचिव र प्राविधिक जनशक्ति पूर्ण भएपछि सेवा प्रवाहलाई अझ सहज र छरितो बनाउन यो व्यवस्था लागू गर्न लागिएको जनाइएको छ । आज वडाध्यक्ष, वडा सचिव, प्राविधिक तथा योजना शाखाका कर्मचारीहरूसँग बसेको बैठकले उक्त निर्णय तत्काल कार्यान्वयनमा लैजाने निष्कर्ष निकालेको छ ।
नगरप्रमुख नाम्गेल जाङबु शेर्पाका अनुसार यो कदमले योजना व्यवस्थापन प्रक्रियालाई विकेन्द्रित गर्दै नागरिकलाई छिटो र सहज सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । साथै, वडा तहबाटै योजना सम्झौता, कार्यान्वयन र फरफारक हुने व्यवस्थाले पारदर्शिता र जवाफदेहितासमेत थप मजबुत हुने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्