काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को निर्वाचन खर्च सार्वजनिक गरेको छ । आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गत फागुन २१ मा सम्पन्न निर्वाचन सञ्चालनका लागि भएको खर्च तथा वित्तीय व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न नेपाल सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्राप्त भएको थियो ।
त्यसमध्ये ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । आयोगले कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ लाई आधार मानेर प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ ।





प्रतिक्रिया दिनुहोस्