Skip to content

भारत, चीन र इजरायलका राजदूत नियुक्त, शीतल निवासमा लिए पद तथा गोपनीयताको शपथ

Nepal Bank

काठमाडौं । नवनियुक्त तीन देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्‍को सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् ।

शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । असोज २ मा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले १३ जना मध्ये १० जनाको नाम अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्