काठमाडौँ/गत शुक्रवार नेपाल आउनु भएको चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री सुन हेयानले आईतवार राजनीतिक दलहरुसंग नेपाल– चीन सम्बन्ध, विकासमा साँझेदारी लगायतका विषयमा छलफल गर्नु भएको छ ।
चीनको कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्य तथा नेपालका राजनीतिक दलहरु बीचको संयुक्त परामर्श सम्मेलनमा चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री सुन हेयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको प्रशंग उल्लेख गर्नुहुदै दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउनु भएको थियो । उपमन्त्री हेयानले राजनीतिक दलहरुसंगको संयुक्त परामर्श सम्मेलनले दुई देशको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने अपेक्षा समेत गर्नु भएको छ ।
संयुक्त परामर्श सम्मेलनमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका नेता शशाङ्क कोईराला लगायतले नेपाल– चीन सम्बन्ध विशिष्ट रहेको बताएका थिए ।

एमाले महासचिव पोखरेलले चीनसंगको सम्बन्धको चर्चा गर्नुहुदै बीआरआई अन्र्तगतका परियोजना छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी नेपाली कांग्रेसका नेता शशाङक कोईरालाले आफ्नो पार्टी चीनसंग विकासको सहकार्य गर्न इच्छुक रहेको बताउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल, राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेती लगायतका नेताहरुको सहभागिता रहेको थियो । उपमन्त्री हेयानले नेपालमा रहदा प्रधानमन्त्री पुष्पकमल दहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसंग भेट गर्नु भएको छ ।
चिनिया कम्युनिष्ट पार्टीको प्रतिनिभि मण्डलको नेतृत्व गर्दै चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री सुन हेयानले नेपाल भ्रमण गरी राजनीतिक दलहरुसंग परामर्श गर्नुले चीनले नेपालसंग को कुटनीतिक सम्बन्धलाई निरन्तर महत्व दिएको देखिएको राप्रपाका केन्द्रीय सदस्य शोेभित उप्रेतीले बताउनु भयो ।

															
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			
			

प्रतिक्रिया दिनुहोस्