काठमाडौँ – नेकपा (एमाले)ले सचिवालय बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवायल बैठक बस्न लागेको एक नेताले जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ । त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती नेताले जानकारी दिए । साथै एघारौं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुनेछ।





प्रतिक्रिया दिनुहोस्