Skip to content

आज जाँचबुझ आयोगमा बयान दिँदै लेखक, लगत्तै पत्रकार सम्मेलन

काठमाडौं – निवर्तमान गृहमन्त्री रमेश लेखकले आज जाँचबुझ आयोगमा गएर बयान दिँदैछन् । गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई यसअघि नै पत्र काटिसकेको थियो । आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका छन् । लेखकको सचिवालयका अनुसार, सोमबार दिउँसो १२ बजे उनी बयानका लागि आयोगमा जानेछन् । जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । आज बयान सकिएपछि दिउँसो साढे २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । जहाँ उनले बयानबारे जानकारी गराउने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्