Skip to content

राष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ (आइतबार) गते जापान भ्रमणमा जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए । अर्यालका अनुसार, राष्ट्रपति पौडेलको प्रतिनिधिमण्डलको टोली माघ १८ गते जापान भ्रमणमा जाँदैछन् । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडले त्यसतर्फ जान लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्