Skip to content

तीन एजेन्डामा छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान साढे ८ बजे जुममार्फत छलफल गर्ने गरी बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् । कार्यसम्पादन समितिका अधिकांश सदस्यहरू निर्वाचनका सिलसिलामा काठमाडौं बाहिर रहेकाले जुम मार्फत बैठक गर्न लागेको उनले बताए ।

तीन एजेन्डा तय गरिएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ । बैठकका लागि नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयलाई एजेन्डा तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्