काठमाडौँ – आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागी चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत नेपाली काङ्ग्रेसले मार्मा गाउँपालिकाको लटिनाथमा अगुवा नेता कार्यकर्ताको उपस्थितिमा बृहत आमसभा भएको काङ्ग्रेस मार्मा गाउँपालिकाका सभापति धन्नजय जोशीले बताए । आमसभामा बोल्दै नेपाली काङ्ग्रेसका नेता सम्भु जोशीले नेपाली काङ्ग्रेस अहिले नीति नेतृत्वले परिवर्तन गरेर नयाँ काङ्ग्रेस बनेर आएको र काङ्ग्रेसले परिवर्तनलाई आत्मसात गरेको हुनाले मार्माले यसपटक परिवर्तन खोजेको रोजेको र अहिलेको राष्ट्रमा भएको परिवर्तन अनुसार मार्माले पनि उम्मेदवार खोजेको हुनाले त्यस्तो उम्मेदवार काङ्ग्रेसले बनाएकोले रुखमा भोट हालेर धर्मानन्द जोशीलाई अत्यधिक मत दिन आवश्यक रहेको बताए ।
यस्तै आमसभामा बोल्दै नेपाली काङ्ग्रेसका जिल्ला सचिव पुलेन्द्र बहादुर कार्कीले अहिलेको चुनाव सामान्य चुनाव नभएको र अहिलेको चुनाव देशमा शान्ति स्थायीत्व सुशासन स्थापना गर्न साथै देशको स्वाधीनता सार्वभौमिकता, लोकतान्त्र र संविधानको रक्षाको लागि भएकोले अहिलेको राजनीतिक परिवेशमा देश सम्हाल्न सक्ने योग्य व्यक्ति गगन थापा भएको र गगन फुत्त कतैबाट झरेर अचानक नेता बन्न आएका नभएर यहाँसम्म आइपुग्न उनको ठुलो संघर्ष छ, त्याग छ, समर्पण छ, लोकतन्त्र र नागरिक प्रतिको दरिलो प्रतिबद्दता छ, केही राम्रो गरौ भन्ने हुटहुटी छ, भिजन छ , अझ सुन्दर कुरा सबै पुस्तालाई जोडन सक्ने ल्याकत पनि उनी सङ्ग छ । जेन्जी आन्दोलनको भावना लाई आत्मसात गर्दै जोखिमपुर्ण विशेष महाधिवेशन मार्फत नेपाली काँग्रेस लाइ समेत पुर्ण रुपमा बदलेर आएका छन गगन । यो पटक देशलाई एकताबद्द बनाएर हामीले चाहेको सुशासन र समृद्दीको बाटोमा अगि बढन जिम्मेवार र जवाफदेहि , भिजन र मिसन भएको समय सापेक्ष र आवस्यकता अनुसार सोच बदल्न सक्ने सहासी, बिद्रोहि र आटिलो जनता र राष्ट्रमुखी नेतृत्व मात्रै देश को अबिभावाक बन्न सक्छ गगन थापा मा यी सबै गुण गगन थापालाई प्रधानमन्त्री बनाउन प्रत्यक्ष र समानुपातिक दुई वटै मतपत्रमा रुख चिन्हमा छाप लगाई काङ्ग्रेस लाई जिताउन आवश्यक रहेको बताए ।
कार्यक्रममा आफ्ना कुरा राख्दै काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवार उम्मेदवार बनेका धर्मानन्द जोशीले आफ्नो उम्मेदवारी सांसद बन्न मात्रै नभएर दार्चुलाका ग्रामीण क्षेत्रका जनताका दुख पीडा जनताका आवाज लाई संसदमा पुगाएर जनताको सेवक बनेर जनताको सेवामा जीवन समर्पण गर्न आफू उम्मेदवार बनेको बताए । यस्तै कार्यक्रममा अगाडी बोल्दै उम्मेदवार जोशीले आफुले शान्ति सुरक्षा सुशासन र मानवअधिकारका क्षेत्रमा काम गरेको अनुभव बटुलेको जिवनमा अभाव दुख गरिबी संग लडेर आएकोले आफु सधै भ्रष्टाचारको विरुद्धमा लड्ने बाचा समेत व्यक्त गर्नु भएको छ । साथै आफुले जनताको घरदैलोमा पुग्दा आफू नयाँ भएकोले जनताबाट अपार स्नेह माया पाएकोले आफुले चुनाव जित्ने निश्चित भएको र आफुले चुनाव जिते सधै जनताको सेवक भएर जनताको मतदाताको मतको अवमूल्यन हुन नदिने र मतदाताको शिर झुक्न नदिने गरि काम गर्ने प्रतिबद्धता गरे । यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसले दार्चुलामा योग्य ईमान्दार वेदागी स्वच्छ छवि भएका राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नीति निर्माणको क्षेत्रमा काम गरेका व्यक्ति उम्मेदवार बनाएकोले धर्मानन्द जोशीलाई चुनाव जिताउने उदेश्यले शैल्यसिखरका वडा नम्बर ५ का डम्बर डागा,मनि डागा,दामोदर डाडा,शैल्यशिखर ४ का मोहन सिंह महराले एमाले परित्याग गरेर काङ्ग्रेस प्रवेश गरेको नेविसंघ नेता कृष्ण सिंह रावलले जानकारी दिए ।
कार्यक्रम नेपाली काङ्ग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार करबिर बहादुर कार्की,प्रदेश कार्यसमिति सदस्य मदन गिरी,जिल्ला उपसभापति मानसिह बुढाथोकी,सचिव द्वय पुलेन्द्र बहादुर कार्की,माधवराज भट्ट,महासमिति सदस्य हरक बिष्ट,शम्भु प्रशाद जोशी,गणेश राज भट्ट,पदम राज पन्त,महाधिवेशन प्रतिनिधि नरेन्द्र सिह धामी,पुर्व उपसभापति अमर सिंह धामी लगायत अन्य नेता कार्यकर्ताको उपस्थिति रहेकोे थियो ।





प्रतिक्रिया दिनुहोस्