Skip to content

लारिजानी मारिएपछि इरानले इजरायलमाथि बढायो मिसाइल आक्रमण, बदला लिएरै छोड्‌ने चेतावनी

इरानका सेना प्रमुख अमिर हतामीले सुरक्षा प्रमुख अली लारिजानी इजरायली हवाई आक्रमणमा मारिएपछि निर्णायक प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले एक वक्तव्यमा उचित समय र स्थानमा अमेरिका र जियोनिस्ट शासनविरुद्ध कडा र निरुत्साहित गर्ने प्रतिक्रिया दिने बताएका छन् । साथै, लारिजानीसहित अन्य शहीदहरूको बदला लिइने पनि उल्लेख गरेका छन् । यसैबीच, इस्लामिक रिभोलुस्नरी गार्ड कर्प्सले लारिजानीको हत्याको बदलास्वरूप मध्य इजरायलतर्फ मिसाइल आक्रमण सुरु गरिसकेको जनाएको छ ।

सुरक्षा प्रमुख लारिजानी मंगलबार मारिएका थिए । उनी वर्षौंदेखि इरानी शक्ति संरचनामा एक महत्त्वपूर्ण राजनीतिक व्यक्तित्व रहँदै आएका थिए । कुनै समय उनले पश्चिमसँग इरानको आणविक वार्ताको नेतृत्वसमेत गरेका थिए । यसअघि उनी इरानी संसदका सभामुख पनि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्