काठमाडौँ – कैलालीमा एक युवकले भरुवा बन्दुकबाट गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गोदावरी नगरपालिका-४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती सञ्जिता मगरको हत्या गरेका हुन् । जंगलमा बाख्रा चराउन गएका बेला विवाद हुँदा उनले गोली हानेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैँलाई पनि गोली हानेका छन्।उनको अवस्था गम्भीर रहेको र सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्