काठमाडौं – नेपाली कांग्रेसकी नवनिर्वाचित संघीय सांसद गीता गुरुङले आफ्नो नयाँ जिम्मेवारीलाई कृतज्ञता र संकल्पको संगमका रूपमा लिँदै देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहिबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएपछि नवनिर्वाचित संघीय सांसद गुरुङले आफ्नो नयाँ जिम्मेवारीलाई कृतज्ञता र संकल्पको संगमका रूपमा लिँदै देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । ३० वर्षको उमेरमै संसद्को जिम्मेवारी सम्हाल्ने अवसर पाएकी गुरुङले पार्टीले आफूमाथि देखाएको विश्वासलाई केवल पद नभई राष्ट्रसेवाको महत्वपूर्ण दायित्वका रूपमा ग्रहण गरेको बताउनुभयो ।
उहाँले संसद्को रोष्ट्रमबाट कुनै एक क्षेत्र वा वर्ग मात्र नभई समग्र राष्ट्रको समुन्नति र युवाहरूको उज्ज्वल भविष्यका पक्षमा सशक्त आवाज उठाउने स्पष्ट गर्नुभयो । सामाजिक न्याय, नागरिकका हकहित तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ छ । नीति निर्माणमा परिपक्वता र शालीनता अपनाउने प्रतिबद्धता जनाउँदै गुरुङले राजनीति सत्ता प्राप्तिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको आधार भएको धारणा राख्नुभयो । उहाँले सुदृढ, एकताबद्ध र सशक्त नेपाली कांग्रेसमार्फत मात्र देशमा सार्थक परिवर्तन सम्भव हुने उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सबैलाई आह्वान गर्नुभयो । यस अवसरमा गुरुङले पार्टीका नेतागण, अग्रज व्यक्तित्व, कार्यकर्ता तथा आम मतदाताप्रति आभार व्यक्त गर्दै आफ्नो उपलब्धि सबैमा समर्पित गर्नुभएको छ ।





प्रतिक्रिया दिनुहोस्