काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले समग्र चुनावी समीक्षा गरेर कार्यशैली परिवर्तन गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । बुटवल पुगेका नेता पाण्डेले एमालेले कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सीट जित्ने टिप्पणी गरे । उनले भने, ‘हामीले झन्डै १७४ सीट जित्दा दिग्विजय गर्यौँ भन्ने थियो नि। जोगाउन सकेनौँ। एमाले (कम्युनिस्ट)हरू पहिला ३/४ वटा बसमा आउँथे। ७८ हुँदा एउटा बसमा आयो, अहिले माइक्रो बस भयो, अब अर्को चोटि स्कुटरमा आउँछ। यदि हामीले ठिक बाटो लिएनौँ भने त त्यही होला। त्यसैले हामी जोखिम अवस्थामा छौँ। तर सङ्कल्प गरेर अगाडि बढ्नुपर्छ, सबै कार्यशैली परिवर्तन गर्नुपर्छ ।’
उनले कमजोरीप्रति निर्मम बन्नसक्नुपर्ने बताए । उनले भने, ‘कमजोरीप्रति निर्मम बनेपछि मात्रै हामीले सही बाटो पहिल्याउन सक्छौँ। अन्यथा सामूहिक मलामी जाने दिन आउँछ, हेर्दाहेर्दै। सत्यको अन्तिम बिन्दुसम्म यात्रा तय गरेर मात्रै जानुपर्छ।’





प्रतिक्रिया दिनुहोस्