Skip to content

रवि लामिछानेले भने– सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको बताएका छन् । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँगको भेटमा सभापति लामिछानेले यस्तो बताएका हुन् । केही दिनअघि मात्रै सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरेको थियो । यसको चौतर्फी आलोचना समेत भएको थियो । श्रेष्ठ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव हुन् । यस्तै सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्