नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन तल्ला कमिटीलाई निर्देशन दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए । निर्वाचनको समीक्षा गर्नका लागि चाँडै केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी भइरहेको उनले बताए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता पराजित भएका थिए ।





प्रतिक्रिया दिनुहोस्