काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशत गिरावट आएको छ । ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको बताउँदै पाँच दिनका लागि इरानमा आक्रमण नगर्ने बताएका थिए । ‘ट्रुथसोसल’ मा सबै ठूला अक्षरहरूमा गरिएको एउटा पोस्टमा उनले भनेका थिए, ‘म यो जानकारी गराउन पाउँदा खुसी छु कि संयुक्त राज्य अमेरिका र इरान देशबीच विगत दुई दिनमा मध्यपूर्वमा हाम्रा शत्रुताहरूको पूर्ण र समग्र समाधानका सम्बन्धमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ।’





प्रतिक्रिया दिनुहोस्