Skip to content

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ उनले निकालेको सूचनामा उल्लेख छ । कांग्रेस नेताहरूका अनुसार १५ औं महाधिवेशन मितिलगायत विषयमा छलफल केन्द्रित रहनेछ। आइतबारको केन्द्रीय समिति बैठकले अब नियमित १५ औं महाधिवेशनका लागि केन्द्रित हुने निष्कर्ष निकालेको थियो  । फागुन २१ को चुनावको समीक्षा र चुनावी हारको पराजयलाई लिएर सभापतिबाट गगन थापाले दिएको राजीनामा बारे उक्त केन्द्रीय समितिमा छलफल भई थापाको राजीनामा अस्वीकृत भएको थियो । थापाको राजीनामा अस्वीकृत भएपछि पुनः केन्द्रीय समिति बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्