काठमाडौं – भारतको आन्ध्र प्रदेशको मार्कापुरम जिल्लाको रायावरम नजिकै भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान स्थानीय टाइल खानी नजिकै एउटा निजी बस र ट्रक ठोक्किएपछि दुवै सवारी साधनमा आगो लागेको थियो । मार्कापुरमका डीएसपी हर्षवर्धन राजुका अनुसार दुर्घटनामा बसमा सवार १४ जनाको मृत्यु भएको हो । रिपोर्टका अनुसार दुर्घटनामा अन्य धेरै यात्रुहरू पनि घाइते भएका छन् । दुर्घटनामा परेका बस र ट्रक नराम्ररी जलेका छन् ।
प्रधानमन्त्री मोदीले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्