Skip to content

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बाेधन गर्दै

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै छिन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार कार्कीले केहीबेरमा सम्बोधन गर्ने तयारी भइरहेको छ । गत २७ भदौमा कार्की प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी थिइन् । जेनजी आन्दोलनपश्चात् उत्पन्न विशेष परिस्थितिमा बनेको कार्की नेतृत्वको सरकारलाई २१ फागुनमा चुनाव गराउने मुख्य जिम्मेवारी थियो । समयमै चुनाव सम्पन्न भएर रास्वपा करिब दुई तिहाइको नतिजासहित सरकारको नेतृत्व गर्दै छ । शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुँदैछ । शाह नेतृत्वको सरकार आउने अघिल्लो दिन सम्भवतः प्रधानमन्त्री कार्कीको जनताका लागि अन्तिम सम्बोधन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्