काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बबरमहलमा झडप भएको छ । काठमाडौं जिल्ला अदालतअगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो । ओलीको पक्राउको विरोध गर्दै अदालतअगाडि जम्मा भएका प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै ढुंगामुढा प्रहार गरेपछि झडपको स्थिति बनेको हो । तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । यस झडपका बीच एक जना घाइते भएका छन् । झडपमा परी घाइते भएका व्यक्तिको अवस्था भने गम्भीर नरहेको प्रहरीले जनाएको छ । अदालत क्षेत्रमा थप अप्रिय घटना हुन नदिन अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।





प्रतिक्रिया दिनुहोस्