काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आम नागरिकको सुरक्षा हुने गरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाउन निर्देशन दिएका छन् । आइतबार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुगमनमा पुगेका गृहमन्त्री गुरुङले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न पनि बताए । ‘नागरिकको जीवन बचाउनु राज्यको सबैभन्दा महत्वपूर्ण दायित्व हो। जुनसुकै विपद्का लागि तयारी अवस्थामा रहन आवश्यक छ,’ उनले भने । प्राधिकरणले गरिरहेका कार्यहरुको जानकारी लिएपश्चात् गृहमन्त्री गुरुङले विद्यालय तथा कलेजका पाठ्यक्रमहरुमा विपद्सम्बन्धी विषयवस्तु राखिनुपर्ने र विद्यार्थीलाई विपद्सम्बन्धी आधारभूत तालिम दिनुपर्नेमा जोड दिए । प्राधिकरणका प्रमुख कार्यकारी दिनेशप्रसाद भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि हाल सम्पादन भइरहेका कार्य, आगामी प्राथमिकता एवं चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्