Skip to content

दार्चुलामा जिप दुर्घटना : दुईको मृत्यु, चार घाइते

दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिलको कोदेखालामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मंगलबार बिहान करिब ९ बजे ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र कर्मचारी भरत तितरोको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उक्त जिप शैल्यशिखर नगरपालिका–४ ओसिलमा योजना अनुगमनका लागि गएको थियो । दुर्घटनामा परी वडा–४ का अकबर महर, गाडी साहु विक्रम महर, चालक प्रकाश ठगुन्ना तथा मालिकार्जुन गाउँपालिका–५ डाँडाकोटका मिनबहादुर पाल घाइते भएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको छ । घाइतेहरूको उपचारका लागि पहल भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्