Skip to content

एमाले संसदीय दल नेतामा सुहाङ नेम्वाङको दाबी

काठमाडौँ – नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन् । आज च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । ‘संसदीय दल नेतामा मेरो दाबी छ, पार्टीका सिनियर नेताहरू पनि सांसद हुनुहुन्छ तर यसपालि पहिलेजस्तो परिस्थिति छैन, पार्टीमा युवाहरूलाई जोड्नुपर्नेछ, त्यसका लागि मैले भूमिका खेल्न सक्छु भन्ने लाग्छ,’ उनले बैठकमा भनेका छन् । साथै उनले पार्टीलाई अहिलेको अवस्थाबाट माथि उठाउन पनि युवालाई अघि बढाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्