काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएको छ । पार्टी अध्यक्ष एवम् संसदीय दल नेता हर्क साम्पाङले शनिबार फेसबुकमा पोस्ट लेखेर उपसभामुखमा पार्टीले उम्मेदवारी दिने जानकारी दिएका हुन् । ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौं। अब उपसभामुख चयनको निर्वाचन हुँदैछ। हामी महिला उम्मेद्वार खडा गर्दैछौं। हेरौं नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई। ७ भोट आउँछ कि १८९?,’ उनले लेखेका छन् ।
सभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डिपी अर्याल हुने निश्चित भएको छ। शुक्रबार उम्मेदवारी दर्ता गर्ने दिनमा उनको मात्रै उम्मेदवारी परेको थियो । आइतबार उनी सभामुख नियुक्त हुनेछन्। उपसभामुख भने विपक्षी दललाई दिइने अभ्यास छ। नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ।





प्रतिक्रिया दिनुहोस्