Skip to content

अर्जुननरसिंह केसीले संसदमा भने– हामी आगोको झिल्को हाैँ

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रतिपक्षी दललाई आगोको झिल्कोसँग तुलना गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सत्तापक्षको सङ्ख्या जति नै धेरै भए पनि सदन विपक्षको हुनुपर्ने बताएका हुन् । केसीले सदनलाई सत्तापक्षको होइन, विपक्षीको बनाएर सन्तुलन कायम राख्न सभामुखलाई आग्रह गरे । ‘आगाको झिल्को जतिसुकै सानो भए पनि त्यो आगाकै झिल्को हुन्छ,’ केसीले भने, ‘सदनमा सत्तापक्ष जतिसुकै ठूलो भए पनि सदन विपक्षको हो,’ केसीले भने । उनले सदन कसैको बन्दी हुन नहुने बताउँदै सदनलाई स्वतन्त्र भएर काम गर्ने वातावरण निर्माण गर्न सभामुख डीपी अर्याललाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्