Skip to content

कैलालीमा बलात्कार आरोपमा एक जना पक्राउ

धनगढी – कैलालीमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय कासिम अली जागार प्रक्राउ परेको प्रहरीले जनाएको छ । महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्