Skip to content

अस्पतालले आइतबार पनि ओपीडी सञ्चालन गर्नुपर्ने, कर्मचारीलाई सट्टा बिदाको व्यवस्था

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनेको छ । सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेसँगै मन्त्रालयले विज्ञप्तिमार्फत् निर्देशन जारी गरेको हो । मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारको हकमा कामको भार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्न भनिएको छ । कर्मचारीलाई शनिबारबाहेक सातामा अर्को एक गरी दुई दिन बिदा दिने व्यवस्था गर्न र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदाको व्यवस्था गर्नुपर्ने छ । प्रादेशिक अस्पतालहरूमा पनि यो व्यवस्था लागू हुने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्