Skip to content

पुष्पा भुसालको संयोजकत्वमा कांग्रेसले गठन गर्‍यो निर्वाचन व्यूरो

काठमाडौं – नेपाली कांग्रेसले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा निर्वाचन व्यूरो गठन गरेको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन व्यूरो गठन गर्ने निर्णय गरेको हो।

बैठकले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४(९) अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमेत गठन गरेको छ ।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको समितिमा सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य छन्। एक सदस्य पछि चयन गरिने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्