Skip to content

संसदीय समिति सभापति बन्न मानेनन् रास्वपा सांसद मनिष झा

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा सांसद मनिष झा संसदीय समिति सभापति उम्मेदवार हुन मानेका छैनन्।

आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा रास्वपा संसदीय दल बैठक बसिरहेको छ। उनी बैठकमा पनि उपस्थित छैनन्।

एक सांसदले दिएको जानकारीअनुसार उनी जनकपुरधाममा छन्।संसदीय समिति सभापति उम्मेदवारबारे आज संसदीय दल बैठकमा छलफल भएको छ।

संसदीय दल नेता बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले संसदीय समिति सभापति उम्मेदवारहरू प्रस्ताव गर्दा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा मनिष झाको नाम प्रस्ताव गरेका छन्।

तर झाले आफू संसदीय समिति सभापति उम्मेदवार नहुने कुरा जानकारी गराएका छन्। त्यसपछि उद्योग समिति सभापतिमा रहबर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्