Skip to content

कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

काठमाडौं – नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ ।

६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई कांग्रेसले डाकेको छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्