काठमाडौँ – नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ समितिले पूर्णता पाएको छ । नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै गत चैत ११ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टीले १६ सदस्यीय समितिलाई पूर्णता दिएको जानकारी गराएका छन् ।
यस्तो छ संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समिति:
संयोजक-नेपाली कांग्रेस उपसभापति पुष्पा भुसाल
सदस्य-वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी
सदस्य-वरिष्ठ अधिवक्ता हरिहर दाहाल
सदस्य – वरिष्ठ अधिवक्ता प्रेम बहादुर खडका
सदस्य-वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने
सदस्य-वरिष्ठ अधिवक्ता शेरबहादुर के.सी.
सदस्य -वरिष्ठ अधिवक्ता यदुनाथ खनाल
सदस्य-वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे
सदस्य-वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी
सदस्य -वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी
सदस्य -वरिष्ठ अधिवक्ता सिताराम के।सी।
सदस्य -वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत
सदस्य -अधिवक्ता रनबहादुर थेबे
सदस्य-अधिवक्ता शर्मिला श्रेष्ठ
सदस्य-अधिवक्ता झलमाया वि.क.
सदस्य सचिव –अधिवक्ता राजु कटुवाल
समितिका मुख्य कामहरूमा संविधान कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको अध्ययन गर्ने, संघीयता र समावेशितालाई बलियो बनाउन सरोकारवालासँग संवाद गर्ने, जेनजी पुस्ताको विद्रोह र निर्वाचनमा पार्टीले गरेका प्रतिज्ञालाई सम्बोधन गर्ने र पहिचान र सुशासनका मागहरूलाई अध्ययन गरी सुझाव दिनेलगायत रहेका छन् । नेपाली कांग्रेसले संविधान जारी भएको १० वर्ष पुगेकाले जनभावनाअनुसार यसलाई परिमार्जन गर्न आवश्यक रहेको जनाएको छ। गणतन्त्र, संघीयता र नागरिक अधिकार जस्ता आधारभूत विषयलाई असर नपर्ने गरी संविधानलाई थप गतिशील बनाउन कांग्रेसले यो पहल थालेको हो । समितिले बुझाउने प्रतिवेदनका आधारमा कांग्रेसले संविधान संशोधनबारे आफ्नो आधिकारिक धारणा तय गर्नेछ । साथै, सरकारले सुरु गरेको संविधान संशोधनको बहसलाई सघाउन र राष्ट्रिय सहमति जुटाउन समेत यो समितिले काम गर्ने कुरा विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया दिनुहोस्