Skip to content

चीन–अमेरिका सहकार्यले विश्वको भविष्य निर्धारण गर्छ : सी जिनपिङ

काठमाडौं – चिनियाँ राष्ट्रपतिले सी जिनपिङले चीन–अमेरिका सम्बन्धलाई विश्वकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धको संज्ञा दिएका छन् । उनले यी सम्बन्धले दुई देशका १ अर्ब ७० करोडभन्दा बढी जनसंख्याको मात्रै होइन, विश्वभरका ८ अर्बभन्दा बढी मानिसको हित र भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने बताएका हुन् ।

एक विशेष सम्बोधनका क्रममा सीले चीन र अमेरिकाबीच सहकार्य, आपसी सम्मान र स्थिर सम्बन्ध आवश्यक रहेको उल्लेख गरे । उनले दुवै देशबीचको सम्बन्धले विश्व अर्थतन्त्र, शान्ति र विकासमा ठूलो प्रभाव पार्ने धारणा व्यक्त गरे । सम्बोधनका क्रममा उनले अमेरिकी राजनीतिक नारालाई संकेत गर्दै “Make America Great Again” र “चिनियाँ राष्ट्रको महान पुनर्जागरण” एकअर्कासँग विरोधाभास नभई सँगसँगै अघि बढ्न सक्ने बताए । सीका अनुसार चीनको विकासले अमेरिकाको प्रगतिलाई रोक्दैन, बरु दुवै देशले सहकार्य गर्दै साझा समृद्धिको बाटो रोज्न सक्छन् । उनले उक्त भ्रमणलाई “ऐतिहासिक” भन्दै भविष्यमा चीन–अमेरिका सम्बन्धलाई अझ सकारात्मक र स्थिर बनाउने अपेक्षा व्यक्त गरे। सम्बोधनको अन्त्यमा उनले दुई देशको मित्रता, विकास र सहकार्यको सफल भविष्यको कामना गर्दै टोस्ट उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्