काठमाडौँ – नेपाली कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको बताएका छन् । कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आयोजना गरेकाे गोष्ठीमा बोल्दै खड्काले पार्टी विभाजनको डिलमा रहेको बताएका हुन् । ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु । तर, पार्टी मिलाउने कि फुटाउने तपाईंहरूको जिम्मामा छ भनेको छु,’ उनले भने । उनले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको बताए । खड्काले आफूलाई भेट्न आएका सभापति थापालाई सिंगो पार्टीको सभापति बन्न सुझाव दिएको पनि बताए ।
उनले अहिले पनि थापा सानेपाको मात्रै सभापति भएको टिप्पणी गरे । तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए ।





प्रतिक्रिया दिनुहोस्