इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले आफ्नो देशले चाँडै होर्मुज स्ट्रेटबाट जहाज आवतजावतका लागि नयाँ प्रणाली लागु गर्ने बताएका छन् । उनले शनिबार भनेका छन्, ‘यो प्रणाली इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय व्यापारको सुरक्षाको रक्षा गर्न डिजाइन गरिएको हो ।’ इब्राहिम अजिजीका अनुसार, यो नयाँ प्रणालीबाट व्यापारिक जहाज र इरानसँग सहकार्य गर्ने देशहरूले मात्र लाभ उठाउन सक्नेछन्। उनले यो व्यवस्थाअन्तर्गत प्रदान गरिने निश्चित सेवाका लागि कर लगाइने पनि बताएका छन् । यसैबिच इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका सल्लाहकार मोहम्मद मोख्बरले कुवेत र यूएईलाई कडा चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘इरानले अहिलेसम्म संयम अपनाएको छ, तर यो सधैँभरि रहने छैन।’
मोख्बरका अनुसार ती देशहरूले आफ्नो क्षेत्र इरानका शत्रुहरूका लागि खुला छाडेका छन् । उनले अगाडि भनेका छन्, ‘इरानले लामो समयदेखि उनीहरूलाई साथी र दाजुभाइ मान्दै आएको छ, तर अब उनीहरूले आफ्नो स्वतन्त्रता बेचेका छन् र आफ्नो भूमि हाम्रा शत्रुलाई प्रयोग गर्न दिएका छन्।’ एजेन्सी





प्रतिक्रिया दिनुहोस्