काठमाडौं – नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा ले मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै रवि लामिछाने सहित मुछिएका सबै व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएकी छन् । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रतिवेदन कार्यान्वयनमा सरकारले गम्भीरता देखाउनुपर्ने बताइन्। प्रतिवेदनमा उल्लेख गरिएका विषय सत्य ठहरिए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
उनले मुछिएका सबैलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै सरकारले प्रतिवेदन कार्यान्वयनतर्फ आवश्यक कदम चाल्ने अपेक्षा कांग्रेसको रहेको बताइन् । प्रमुख सचेतक थापाले न्यायपालिकामाथि राजनीतिक प्रभाव परेको भन्दै त्यसबारे पनि प्रश्न उठिरहेको उल्लेख गरिन्। साथै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस नेता रमेश लेखक विरुद्ध पनि कारबाही सिफारिस भएको विषयमा कानुनभन्दा माथि कोही नहुने धारणा राखिन् । उनका अनुसार कांग्रेसले कानुनसम्मत प्रक्रियालाई स्वीकार गर्दै निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन समर्थन गर्नेछ ।





प्रतिक्रिया दिनुहोस्