कैलाली – कैलालीको धनगढी र लम्कीमा २ जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट स्थित मोहना नदीको तिरमा नामथर वतन नखुलेको पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यसैगरी, लम्कीचुहा नगरपालिका–३ बल्चौर स्थित रानीजमरा कुलरिया सिचाँई आयोजनाको नहरमा नामथर वतन नखुलेको ४०/४५ वर्षीय जस्तो देखिने पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।




प्रतिक्रिया दिनुहोस्