Skip to content

सहकारी ठगि प्रकरणमा जिबी राईसहित १७ जनाबिरुद्व चितवन जिल्ला अदालतमा मुद्दा दर्ता

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनकाे सम्बाबन्धमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हाे।

गोरखा सहकारीलगायत थुप्रै सहकारी ठगीमा मुछिएका १७ जनाबिरुद्व मुद्दा दर्ता भएकाे हाे ।

प्रतिवादीमा सोही सहकारीका संस्थापक अध्यक्ष जीबी राईका अतिरिक्त सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन्।

मुद्दामा ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकालेकाे छ।

प्रतिक्रिया दिनुहोस्