काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस र कम्युनिस्ट नामका राजनीतिक ब्रान्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्ने बताएका छन्। रास्वपाले शुक्रबार आयोजना गरेको बृहत् राजनीतिक संवादमा बोल्दै उनले जनतालाई पटक–पटक ठगेका पुराना दलहरूका जरा हल्लिएका तर उखेलिन बाँकी रहेको बताए। उनले जेनजी र नयाँ वैकल्पिक शक्तिहरू एकताबद्ध भई चुनावमा जाने आवश्यकता औंल्याउँदै, त्यसको नेतृत्व जेनजीले लिनुपर्नेमा जोड दिए।
			
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			


प्रतिक्रिया दिनुहोस्