नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले माओवादी केन्द्रसँगको एकतामा आफूहरू नजाने बताएकी छन्। एकीकृत समाजवादी र माओवादीसहित विभिन्न पार्टीहरूबीच एकता गर्ने गरी छलफल चलिरहेको छ। यसै सन्दर्भमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ। उनले आफूहरूलाई एकता विरोधी कित्तामा नराख्न पनि आग्रह गरेकी छन्। सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य झाक्रीसहित विभिन्न नेताहरू माओवादीसँग एकतामा नजाने पक्षमा छन्। अध्यक्ष माधवकुमार नेपाल र उनीनिकट नेताहरू भने माओवादीसँग एकतामा जानुपर्ने बताइरहेका छन्।
			
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			


प्रतिक्रिया दिनुहोस्