Skip to content

दण्डहिनता अन्त्य जरुरी : मुख्यमन्त्री कँडेल

बाँके – कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले जेन्जी आन्दोलन (भदौं २३–२४) का क्रममा भएका अपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरी कानुनी कारवाही गर्नुपर्ने बताउनुभएको छ । एमाले बाँके कार्यालयमा शुक्रबार आयोजित छलफलमा उहाँले निजी र सार्वजनिक सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोड गर्नेहरूलाई दण्डहीनताबाट बचाउन नहुनेमा जोड दिनुभयो । आन्दोलनपछिको क्षतिको छानबिनका लागि गठित आयोगसँग भेटमा एमाले बाँकेले पनि दोषीमाथि कारवाहीको माग गरेको छ । आयोगका सदस्य विज्ञानराज शर्माले सबै पक्षबाट जिम्मेवार सहयोग प्राप्त भएको भन्दै निष्पक्ष रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्