Skip to content

गुण्डुमा एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

नेकपा (एमाले)को सचिवालय बैठक शनिबार बस्ने भएको छ। भक्तपुरको गुण्डुमा शनिबार बिहान ११ बजे सचिवालय बैठक बस्ने तय भएको एमालेका एक पदाधिकारीले जानकारी दिए। बैठकमा पार्टीको ११ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ। जसमा महाधिवेशन प्रतिनिधिको निर्वाचन क्षेत्र कति हुने, कति सदस्य बराबर कति प्रतिनिधित्व हुने र मूल व्यवस्थापनको विषयमा छलफल हुनेछ। साथै जनपरिचालन र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। एमालेको ११ औं महाधिवेशन मंसिर २७ , २८, २९ गते पोखरामा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्