Skip to content

दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु, ८ जना बेपत्ता

काठमाडौँ – दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार ४ जना घाइते भएका छन् भने ८ जना बेपत्ता छन् । नेपाली गाइड सहित सोमबार बिहान यलुङ रि हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । प्रहरी घटनास्थल पुगेको छैन । घटनाको थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्