अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज वेल्स, युकेले निवर्तमान सल्लाहकार रामचन्द्र पोखरेलद्वारा २०२५/२७ कार्यकालका लागि अनुमोदित समितिको सथप ग्रहण गरेको छ । वेल्सको कार्डिफ सिटिरोडमा नवनियुक्त इनास वेल्सका अध्यक्ष रामदत्त मिश्रको अध्यक्षतामा मंगलबार पहिलो बैठक बसेको थियो । उक्त बैठकमा अध्यक्ष मिश्रले सम्पूर्ण कार्यसमिति पदाधिकारीलाई बधाई दिदै स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यका क्रममा मिश्रले समाजको भावी योजना समेत प्रस्तुत गरेका थिए, जसमा नेपाली भाषा, कला र संस्कृतिका लागि इनासले महत्वपूर्ण योगदान गर्नुपर्ने बताए ।
उक्त बैठकले सल्लाहकारका रुपमा रामचन्द्र पोखरेललाई नियुक्त गर्ने निर्णय समेत गरेको अध्यक्ष मिश्रले बताए । इनास वेल्सले वेल्समा रहेका अन्य संघसंस्थाहरुसँग पनि समन्वय गर्दै नेपाली भाषा, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नमा लागिरहनेमा कार्यसमिति एक ढिक्का भएको छ । इनास वेल्सले विगत केहि समयदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ । नयाँ कार्यसमितको अध्यक्षमा मिश्र, उपाध्यक्षमा आकृती रिमाल, सचिवमा सिम्पल खनाल, सह-सचिवमा सृजना भण्डारी र कोषाध्यक्षमा सावित्री कार्की रहेका छन् । यस्तै सदस्यहरुमा गीता काफ्ले, प्रदीप सुवेदी र सवि सुवेदी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्