काठमाडौं — नेपाल प्रहरीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।
६६ वर्षीय कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार उनलाई दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौतासँग सम्बन्धित अनियमितताका आरोपमा पक्राउ गरिएको हो।
सीआईबीका अनुसार कार्कीले संस्थालाई नोक्सानी हुने गरी ३० वर्षका लागि ट्रस्टको जग्गा लिजमा दिएको आरोप छ। सो प्रकरणमा ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको एआईजी केसीले जानकारी दिए। नेपाल ट्रस्टको जग्गा लिज सम्झौतासम्बन्धी यो घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्