Skip to content

गृहमन्त्री र भारतीय राजदूतबिच भेटवार्ता

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको बिचमा भेटवार्ता भएको छ । आइतबार गृह मन्त्रालयमा भएको भेटमा मन्त्री अर्याल र राजदूत श्रीवास्तवको बिचमा शान्ति सुरक्षाको विषयमा छलफल भएको छ ।

राजदूत श्रीवास्तवले फागुन २१ मा घोषित प्रतिनिधिसभाको चुनाव प्रभावकारी रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन सफल बनाउन खेल्नुपर्ने भूमिकाबारे भारत सकारात्मक रहेको श्रीवास्तवको भनाई छ । भयरहित तरिकाले चुनाव गराउन आफू लागिपरेको मन्त्री अर्यालले बताएका छन् ।

खुला सिमानाका कारण निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण हुने मन्त्री अर्यालले छलफलको क्रममा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्