Skip to content

यहि अवस्थामा फागुन २१ मा निर्वाचन गर्नु हुँदैन : कांग्रेस नेता चन्द

 

कञ्चनपुर — नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तेज चन्दले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अहिलेको अवस्थामा सरकारले गर्नु नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले भनेका छन्, ‘पहिलो कुरा, चुनाव भन्दा अघि संविधान संशोधन गरी निर्वाचन प्रणालीमा व्यापक फेरबदल गर्नु अत्यावश्यक छ। होइन भने ZEN–Z को नाममा भएको आन्दोलन इतिहासकै उद्देश्यविहीन र दिशाहीन आन्दोलनका रूपमा कलंकित हुनेछ।’ उनले विद्यमान अवस्थामै निर्वाचन गरे मुलुक पुनः “पुरानै भाडभैलो खेल्ने मैदानमा परिणत हुने” चेतावनी दिएका छन्। चन्दका अनुसार, प्रणालीगत सुधारबिना हुने चुनावले देशलाई स्थायित्व होइन, फेरि अस्थिरतामै धकेल्ने खतरा रहन्छ।

 

प्रतिक्रिया दिनुहोस्